काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्ताव फेल भएपछि अधिवेशन अन्त्य गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको ओलीले मत लिनका लागि बैठक बोलाएकी थिइन् ।
मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपति भण्डारी अधिवेशन अन्त्य गर्ने स्रोतले जनाएको छ । यसअघि सभामुख अग्नि सापकोटाले बैशाख ३० गते बैठक बस्ने गरी सोमबारको बैठक स्थगित गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।