आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढ्यो, ३ दल एकजुट 

शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढ्यो, ३ दल एकजुट 

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 17.1K
    SHARES

  • शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढ्यो, ३ दल एकजुट 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढेको छ ।

    यसै अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहले संविधानको धारा ७६(२) अनुसारको सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न सार्वजनिक आह्वान गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस सोमबार विज्ञप्ति जारी गरी नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत गुमाएपछि ३ दलले संविधानको धारा ७६(२) अनुसारको सरकार गठनका लागि आह्वान गरेका छन् ।

    प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलमा समेत सभापति देउवाले उपधारा २ अनुसारको सरकार गठनको लागि आग्रह गरेका थिए । विपक्षी ३ दलबीच सभापति देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

    184409480_470036660919638_6077605481480389975_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend