आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

यी हुन् केपी ओलीविरुद्ध एमालेभित्रै विद्रोह गर्ने २८ सांसदहरू (नामावलीसहित)

यी हुन् केपी ओलीविरुद्ध एमालेभित्रै विद्रोह गर्ने २८ सांसदहरू (नामावलीसहित)

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 7.7K
    SHARES

  • यी हुन् केपी ओलीविरुद्ध एमालेभित्रै विद्रोह गर्ने २८ सांसदहरू (नामावलीसहित)

    काठमाडौं – प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि मतदान हुँदा एमालेकै २८ सांसद अनुपस्थित भएका छन् ।

    पार्टी ह्वीप विपरीत विद्रोह गरेर ओलीलाई पदमुक्त गर्न भूमिका खेल्ने सांसदहरूले विपक्षी गठबन्धनबाट स्वाबासी पाइरहेका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा कूल २३२ सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर समूहका १५ सांसद तटस्थ बसेका छन् भने एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसद बैठकमा अनुपस्थित भए ।

    यसरी संविधानको धारा ७७ को उपधारा (१) (ख) मा विश्वासको मत प्राप्त नभएमा प्रधानमन्त्री स्वतः पदमुक्त हुने प्रावधान छ ।

    प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थासम्बन्धी धारा ७७ को उपधारा  (१) (ख) मा उल्लेख छ, ‘धारा १०० बमोजिम  विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजविरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा ।’

    नेपालको संविधानको धारा १०० को उपधारा ३ मा पनि प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ । त्यहाँ उल्लेख छ, ‘उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।’

    संविधानको धारा १००(१) अन्तर्गत विश्वासको मत सम्बन्धी व्यवस्था अनुसार मतदान भएको थियो । 

    अब राष्ट्रपतिको आह्वानमा संविधानको धारा ७६ अन्तर्गत प्रधानमन्त्रीको खोजी हुने भएको छ । संसदमा एकल बहुमत प्राप्त दल नरहेको अवस्थामा संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको गठबन्धनमा सरकार गठन हुने व्यवस्था छ ।

    एमाले पार्टीभित्र नेता माधवकुमार नेपाल समूहलाई पेलेपछि असन्तुष्टि चुलिएको थियो । असन्तुष्टिबीच विद्रोह गर्दै नेपाल समूहका सांसद सोमबारको बैठकमा अनुपस्थित भए । 

    यी हुन् अनुपस्थित हुने सांसदहरू –

    १. योगेश भट्टराई

    २. झलनाथ खनाल

    ३. पवित्रा निरौला खरेल

    ४. भवानी खापुङ

    ५. जयकुमार राई

    ६ . यज्ञराज सुनुवार

    ७. गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९. कृष्णलाल महर्जन

    १०. माधवकुमार नेपाल
    ११. जीवनराम श्रेष्ठ
    १२. नारायण खतिवडा

    १३. घनश्याम भुसाल
    १४. गोकर्ण विष्ट
    १५. सोमप्रसाद पाण्डे

    १६. मेटमणी चौधरी
    १७. झपट रावल
    १८. भीमवहादुर रावल
    १९. दिपकप्रकाश भट्ट
    २०. सुरेन्द्र पाण्डे

    २१. रामकुमारी झाँक्री
    २२. सरला यादव
    २३. पुष्पाकुमारी कर्ण
    २४ं कल्याणी खड्का

    २५.निरादेवी जैरु
    २६. कलिला खान (उपस्थित भएर भोट नहालेकी ?)
    २७. लक्ष्मीकुमारी चौधरी
    २८. मुकुन्द न्यौपाने

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend