काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधि सभाको बैठक अकस्मात सरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटपछि बैठक बस्ने गरी सारेका छन् ।
बैठकमा सभामुखद्वारा अधिवेशन आह्वानका सन्दर्भमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि बैठक स्थगित भएको छ । सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सांसद्हरूको नाम समेत पढेर सुनाइएको थियो ।
आज सोमबारै प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि छलफलका लागि अर्को बैठक बस्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।