आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

कोरोना बढ्नुमा जनतालाई दोष दिने ओली केही समयअघि भन्दै थिए– आमसभा भनेको कस्तो हुन्छ हेर्न आउनुस्

कोरोना बढ्नुमा जनतालाई दोष दिने ओली केही समयअघि भन्दै थिए– आमसभा भनेको कस्तो हुन्छ हेर्न आउनुस्

  • मिडिया डबली
  • आइतवार, बैशाख २६ २०७८

  • 4.8K
    SHARES

  • कोरोना बढ्नुमा जनतालाई दोष दिने ओली केही समयअघि भन्दै थिए– आमसभा भनेको कस्तो हुन्छ हेर्न आउनुस्

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले अमेरिकी समाचार एजेन्सी सिएनएनमा शनिबार दिएको अन्तर्वार्तामा नेपाली जनतामाथि गम्भीर आरोप लगाए । उनले जनताकै कारण देशमा कोरोना संक्रमण विस्तार भएको दलिल पेस गरे ।

    तर, केही अघिसम्म ओलीले नै आमसभा, उदघाटन, शिलान्यास गर्दै आएको नेपाली जनताले बिर्सेका छैनन् । गत माघमा साविकको नेकपामा आन्तरिक किचलो हुँदा ओली र प्रचण्ड–माधव पक्षबीच आमसभामा कति मानिस जम्मा गर्ने होडबाजी चलेको थियो ।

    देशभरिबाट गाडीका गाडी मानिस ओसार्थे । माघ ९ गते प्रचण्ड पक्षले काठमाडौंमा गरेको आमसभामा धेरै मानिस देखिएपछि ओलीले मिडियामा टिप्पणी गर्दै भनेका थिए– आमसभा कस्तो हुन्छ हेर्न माघ २३ गते आउनुस् ।

    सो दिन ओली पक्षले नारायणहिटी संग्रहालय प्रांगणमा विशाल आमसभा गरेको थियो । अहिले तिनै ओली ख्यातिप्राप्त अन्तर्राष्ट्रिय मिडियासामु झुट बोल्दैछन्– जनताकै कारण नेपालमा कोरोना संक्रमण फैलियो भनेर । नेपाली जनताले यसरी सफेद झुट बोल्ने प्रधानमन्त्री यसपटक मात्रै भोगेका हुन् ।

    जे विषयमा पनि झुट बोल्ने ओलीको प्रवृत्ति नै भइसकेको छ । भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्छन्, तर यथार्थमा भ्रष्टाचारीलाई ग्वाम्लाङ अंगालो हाल्छन् । आफ्नो सरकार स्थायी भएको दाबी गर्छन्, हरेक महिनाजसो मन्त्रीहरू फेरिरहन्छन् ।

    पार्टी एकढिक्का छ कसैले फोड्न सक्दैनन् भन्छन्, आफ्नै पार्टीका वरिष्ठ नेतालाई निकाल्छन् । कांग्रेस अब सक्कियो, बत्ती बालेर खोज्नुपर्छ, देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भन्छन्, उनै देउवाको निवासमा पद जोगाइदिन भन्दै भिख माग्न पुग्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend