काठमाडौं - संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि परिषद्को बैठक बोलाएका हुन् ।
परिषद् बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मुख्यसचिव शंकरदास बैरागी उपस्थित छन् । विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।
तर वैशाख २१ गते प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश–२०७८ जारी गरेर संवैधानिक परिषदमा कुनै तीन सदस्यले बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गराएका छन् । जसको अहिले व्यापक विरोध भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।