काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न डाकिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक चल्दाचल्दै सभापति शेरबहादुर देउवा बाहिरिएका छन् ।
संसदीय दलको बैठक भने संसद भवन नयाँबानेश्वरमा जारी रहेको छ ।
बैठकमा राजनीतिक परिस्थिति गम्भीर भएकाले पार्टीले जुनसुकै निर्णय लिनुपर्ने र जे पनि हुनसक्ने बताएर सभापति देउवा बाहिरिएका बैठकमा एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने लगायत विषयमा अन्य दलका नेतासँग छलफल गर्न सभापति देउवा बाहिरिएको चर्चा पार्टीभित्र रहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव राख्नुअघि नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी विपक्षी गठबन्धनको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।