काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि ल्याउनुपर्ने खोप र औषधिमा भ्रष्टाचार अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध रहेको जनाएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं जीवनदायिनी औषधि (खोप) मा भ्रष्टाचारमा संलग्न हुनुले सरकारको अनैतिक चरित्र उदांगो भएको बताए ।
‘सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले महामारीका बेला स्वास्थ्य सुरक्ष मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।