काठमाडौं – कुनै बेला आपसमा मिलेर नेपाली कांग्रेसलाई सिध्याउने योजना बनाएका कम्युनिस्ट नेताहरू यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठमा लाइन लाग्न थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, भीम रावलपछि आज शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्री बनिदिन र मिलेर जान बिन्ती बिसाएका छन् ।
सभापति देउवालाई भेट्न प्रचण्ड शुक्रवार साँझ बुढानीलकण्ठ पुगेका स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुर्याउन नदिने रणनीति बनाएका नेपाली कांग्रेस र माओवादीबीच नयाँ सरकार गठनको विषयमा समेत छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न वा ओलीलाई सत्ता टिकाउन नेपाली कांग्रेस नै चाहिने भएकाले यतिबेला सबैको ध्यान सभापति देउवातिर तानिएको छ । सत्ता भनेपछि मरिहत्ते गर्ने कम्युनिस्टहरू देउवालाई फकाउनतिर लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।