काठमाडौं – राष्ट्रियसभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मैदानमा होमिएका छन् ।
बादलको प्रतिद्वन्द्वीका रूपमा एमालेकै माधवकुमार नेपाल पक्षका खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेका उम्मेदवार गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गर्न काठमाडौंबाट हेलिकप्टरमा तडकभडक गर्र्दै हेटौंडा गएका छन् । गृहमन्त्री बादलको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।
देवकोटाको प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस रहेको छ । देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका जनाइएको छ । तर उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन् ।
आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि हालसम्म २ जनाको उम्मेदवारी परेको छ । आज शुक्रबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
गृहमन्त्री बादल २०७४ सालमा बाग्मती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । बादल नेकपा एमालेमा गएपछि माओवादी कारवाही गरेका कारण पद रिक्त भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।