आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

शेरबहादुर देउवालाई भेटेपछि केपी ओली झन् तनावमा, सबैतिर झड्का !

शेरबहादुर देउवालाई भेटेपछि केपी ओली झन् तनावमा, सबैतिर झड्का !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 7.1K
    SHARES

  • शेरबहादुर देउवालाई भेटेपछि केपी ओली झन् तनावमा, सबैतिर झड्का !

    काठमाडौं – सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरी राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ ।

    आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुपमा छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरुसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको छ ।

    परराष्ट्रमन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय भएको बताए ।

    नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसदमा आगामी वैशाख २७ गते विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको ओली सरकार माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ ।

    स्थायी कमिटी बैठकले विश्वासको मतका लागि दलहरुसँगको छलफल अझै संघन रुपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

    आगामी जेठ ६ गते हुने बाग्मती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी छलफल अघि बढाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले बताए ।

    ‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने १ जना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी, एमालेको जित सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं । विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।’

    प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधवार भेटेका थिए । एमाले नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिएका छन् ।

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेता समेत भेट्ने कार्यक्रम रहेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली पक्ष तनावमा रहेको छ ।

    गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली पक्षले अहिले कसलाई उम्मेदवार बनाउने अलमलमा रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend