सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई स्याहार्दा श्रीमतीलाई पनि कोरोना संक्रमण

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई स्याहार्दा श्रीमतीलाई पनि कोरोना संक्रमण

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 5.2K
    SHARES

  • कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई स्याहार्दा श्रीमतीलाई पनि कोरोना संक्रमण

    काठमाडौं – कोरोना भाइरस संक्रमण भई आइसोलेसनमा रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई स्याहार्दा उनकी श्रीमतीलाई समेत कोरोना भाइरस संक्रमण भएको छ ।

    बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रवक्ता शर्माले श्रीमतीलाई पनि संक्रमण देखिएको जनाएका छन् ।

    प्रवक्ता शर्माले फेसबुकमा लेखेका छन्, ‘श्रीमतीजीले स्याहार्दै थिइन् अब उनी पनि संक्रमित ! मलाई ज्वरो आउनुभन्दा ३ दिन अघिदेखि जिउ निकै दुखेपछि नै भौतिक दूरीमा रह्यौं हामी चारैजना । तर ललितपुरको स्टार अस्पतालमा हिजो बेलुकी गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । अब आफूलाई स्याहार्दै चाँडै संक्रमणमुक्तिमा प्रयत्नशील रहनेछौं हामी । छोरीछोरा स्वीकृति र शीर्षकको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । यद्यपि छोरीलाई सामान्य ज्वरो भने आएको छ । पुनः परीक्षण गर्नुपर्ने हुनसक्छ, परामर्श गर्दैछौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend