आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा यी नेताले पाए नयाँ नियुक्ति

एमालेमा यी नेताले पाए नयाँ नियुक्ति

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 4.6K
    SHARES

  • एमालेमा यी नेताले पाए नयाँ नियुक्ति

    काठमाडौं – नेकपा एमालेभित्र अन्तर्संघर्ष चर्किरहेका बेला बाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दीपक निरौलालाई नियुक्त गरिएको छ । 

    बाग्मती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले प्रदेशसभा सदस्य निरौलालाई प्रमुख सचेतक नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री पौडेलले गत वैशाख १५ गते बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशवराज पाण्डे आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त गरेपछि रिक्त रहेको पदमा निरौलालाई गरिएको छ । 

    नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गरेका जनाइएको छ ।

    निरौलालाई गत वैशाख १७ गते प्रमुख सचेतकमा नियुक्त गरिएको भए पनि बाग्मती प्रदेशसभा सचिवालयमा जानकारी गराइएको थिएन । मुख्यमन्त्री पौडेलले आज बिहीवार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै निरौलालाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend