काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली अकस्मात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी गठबन्धन सशक्त ढंगले क्रियाशील भएर संकटमा परेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र सुवासचन्द्र नेम्वाङलाई लिएर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री ओली अचानक देउवालाई भेट्न पुग्नुले राजनीतिमा अर्थपूर्ण मानिएको छ । ओलीले देउवालाई भेटेर कांग्रेसलाई सरकारमा आउन आग्रह गर्ने र विश्वासको मत दिन आग्रह गर्ने जनाइएको छ ।
यसअघि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मिलेर ओलीको विश्वासको मत लिन प्रस्ताव असफल पार्ने निर्णय गरिसकेको छ । कांग्रेस र माओवादीको कुराकानी धेरै अगाडि बढिसकेको अवस्थामा समेत ओली देउवाको शरणमा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।