काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्णय लिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखेको पत्र संसद सचिवालयमा पुगेको छ ।
ओली सरकारका दिएको समर्थन फिर्ता लिएको जानकारीसहित प्रचण्डले लेखेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
हिजो मंगलबार माओवादीका स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको थियो । निर्णयबारे संसदलाई जानकारी गराउन माओवादीका प्रमुख सचेतक देव गुरुङले संघीय संसदका महासचिव गोपालनाथ योगीलाई भेटेर पत्र बुझाएका छन् ।
प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान भइसकेका बेला मंगलबार माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यस्तो छ प्रचण्डले लेखेको पत्र –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।