काठमाडौं - माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक पत्र संसद् सचिवालयमा बुझाउँदैछ ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् ।
नेताहरुको समय अनुकूल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उनको भनाइ छ। मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।
संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउन मात्र पत्र बुझाउन लागेको माओवादीले जनाएको छ ।
ओलीले भने यसअघि नै वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरिसकेका छन् । त्यसैले माओवादीले अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कुनै औचित्य भने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।