आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा कांग्रेसका मुख्यमन्त्री बन्न नदिन पृथ्वीसुब्बाको रणनीति, कसरी हुँदैछ सफल ?

गण्डकीमा कांग्रेसका मुख्यमन्त्री बन्न नदिन पृथ्वीसुब्बाको रणनीति, कसरी हुँदैछ सफल ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 5.9K
    SHARES

  • गण्डकीमा कांग्रेसका मुख्यमन्त्री बन्न नदिन पृथ्वीसुब्बाको रणनीति, कसरी हुँदैछ सफल ?

    काठमाडौं – गण्डकी प्रदेशमा चर्किएको राजनीतिक उथलपुथल सेलाएको छ तर निरुपण भइसकेको छैन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश नहुँदै प्रदेशसभा बैठक अलपत्र भएको छ ।

    प्रस्ताव निर्णयार्थ पेश हुने दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि स्थगित भएको प्रदेशसभा बैठक पुनः सञ्चालन गर्न सहमति जुट्न सकेको छैन ।

    गण्डकी प्रदेशसभा बैठक सञ्चालनका लागि ५ दलबीच बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । बैशाख १५ गते प्रदेश सभामा अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची तय भएको अवस्थामा सांसद शाही बेपत्ता भएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेपछि रिसाएको एमाले सहमत हुनसकेको छैन ।

    आज मंगलवारको सर्वदलीय बैठकमा मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले जेठ २ गते संसदको बैठक बोलाउने अड्डी लिएका छन् । तर अन्य दलका नेताहरूले संसदको बैठक धेरैदिन लम्ब्याउन नहुने बताउँदै बिहीवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने सहमति भएको जनाएका छन् ।

    बिहीवार डाकिएको परामर्श समितिको बैठकमा सहमति भएको अवस्थामा संसद बैठकको मिति तय हुनेछ । सर्वदलीय बैठकमा सत्तापक्षले आगामी जेठको २ गते संसद बोलाउने प्रस्ताव गरेको र अन्य ४ दल यसै हप्ता टुंग्याउने पक्षमा देखिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता हरिशरण आचार्यले बताएका छन् ।

    ‘दलहरुको लामो छलफलमा पनि बैठकबारे सहमति नभएपछि अन्यमा बिहीवार कार्यव्यवस्था समितिको बैठक बोलाएर सहमतिको प्रयास गर्ने गरी बैठक टुंगियो,’ आचार्यले भने, ‘बिहीवारको समितिको बैठकमा पनि टुंगो नलागेको अवस्थामा पुनः ५ दलको बैठक बसेर सहमति खोजिने छ ।’

    मंगलवारको बैठकमा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री गुरुङ, कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जसपाका हरिशरण आचार्य सहभागी भएका जनाइएको छ ।

    बैशाख १५ गते जनमोर्चाका सांसद बेपत्ता भएपछि सभामुखसमक्ष जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठक स्थगित गरी खोजी गर्न निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । बैशाख २ गते कांग्रेस, माओवादी र समाजवादीले अविश्वास प्रस्ताव पेश गरेकाले १५ गते मतदान हुने कार्यसूची थियो ।

    विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । कांग्रेसको मुख्यमन्त्री हुन नदिन र आफैं मुख्यमन्त्री भइराख्न गुरुङले अनेक उपाय अपनाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend