आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीसँग गठबन्धन गरेर चुनाव लड्ने कांग्रेसको निर्णय

माओवादीसँग गठबन्धन गरेर चुनाव लड्ने कांग्रेसको निर्णय

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 9.4K
    SHARES

  • माओवादीसँग गठबन्धन गरेर चुनाव लड्ने कांग्रेसको निर्णय

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर राष्ट्रियसभा सदस्य उपनिर्वाचन लड्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले माओवादीसँग मिल्ने निर्णय गरेको हो ।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलवार बसेको बैठकले राष्ट्रिय सभामा खाली भएका सिटमा १/१ सिट हुने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । 
    ‘राष्ट्रिय सभामा २ सिट खाली भएको छ,’ डा. महतले भने, ‘आगामी जेठ ६ बागमती प्रदेशमा निर्वाचन घोषणा भएको छ । लगत्तै लुम्बिनी प्रदेशमा समेत निर्वाचन घोषणा हुनेछ । त्यसमा १/१ सिट हुने गरी माओवादी केन्द्रसँग एलाइन्स हुनेछ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भनेका छन् ।

    बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।

    ‘आगामी २७ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ,’ सहमहामन्त्री महतले भनेका छन्, ‘हामीले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकबाट विश्वासको मतको खिलाफमा उभिने निर्णय गरेका छौं ।’

    महतले कांग्रेसले आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा संसदको विश्वास नहुने अवस्था निर्माणका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

    पार्टीको १४ औं महाधिवेशनका लागि सदस्यता छानबिन सहितका आन्तरिक गतिविधि जारी राख्ने निर्णय भएको सहमहामन्त्री महतले बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend