काठमाडौं – नयाँ सत्ता समीकरणका लागि दिनभरको रस्साकस्सीबीच नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले आफूले शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नेकपा एमालेको एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेका पोखरेलले एमालेकै २ जनालाई मन्त्री बनाएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आईतवार साँझ २ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् बनाएका छन् ।
मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानून मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई नियुक्त गरेर शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ अँध्यारो परेपछि भएको थियो ।
मन्त्री चौधरी यसअघि भौतिक पुर्वाधार विकास मन्त्री रहेका थिए भने रिजाल नयाँ मन्त्री हुन् । पोखरेलले आईतवार साँझ मुख्यन्त्रीको शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री पोखरेलले लिएको शपथ आलोचित बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।