आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

एमसीसी पारित गर्न देउवा र प्रचण्डबीच के भयो 'गोप्य' सहमति ? प्रचण्डले नै गरे यस्तो खुलासा

एमसीसी पारित गर्न देउवा र प्रचण्डबीच के भयो 'गोप्य' सहमति ? प्रचण्डले नै गरे यस्तो खुलासा

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १७ २०७८

  • 4.0K
    SHARES

  • एमसीसी पारित गर्न देउवा र प्रचण्डबीच के भयो 'गोप्य' सहमति ? प्रचण्डले नै गरे यस्तो खुलासा

    काठमाडौं – अमेरिकी सहयोगको एमसीसी परियोजनालाई संसदबाट पारित गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य सहमति भएको चर्चाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारे खुलासा गरेका छन् ।

    बिहीबार हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ता दिँदै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग एमसीसी पारित गर्ने सहमति भएको भन्ने चर्चामा स्पष्टीकरण दिएका छन् ।

    ‘मैले एमसीसीलाई पूर्ण रुपमा कहिल्यै पनि अस्वीकार गरेको छैन र जस्ताको तस्तै स्वीकार पनि गरेको छैन,’ उनले अन्तर्वार्तामा भने ।

    सभापति देउवासँग एमसीसीमा भएका कमजोरी सच्याउने प्रतिबद्धता आए संकल्प प्रस्ताव पारित गरेर जान सकिने सहमति भएको उनले खुलासा गरेका छन् ।

    अन्तर्वार्तामा प्रचण्डले बोलेका कुरा सुनेर प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग नराम्ररी हारेको स्पष्ट संकेत देखिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खुब दौडधुप गरेका प्रचण्ड अन्ततः असफल भएका छन् ।

    उनले तत्कालै नयाँ सरकार बन्ने सम्भावना कम रहेको अन्तर्वार्तामा बताएका छन् । यसको अर्थ अब ओली सरकार नै कायम रहने देखिएको छ ।

    अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने सम्भावना नदेखिएको बताएका हुन् । ‘अहिले मैले चाहेर मात्रै सरकार बन्ने देखिँदैन,’ प्रचण्डले अन्तर्वार्तामा भने ।

    जसपाको पूरै समर्थन विना प्रचण्डको योजनामा सरकार बन्ने देखिँदैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष यतिबेला प्रधानमन्त्री ओलीसँग नजिक रहेको छ । मधेश आन्दोलनका क्रममा लागेका कतिपय मुद्दा ओली सरकारले फिर्ता लिएपछि अब महन्थ ठाकुर पक्ष सरकारसँग झन् नजिक भएको छ ।

    ‘समर्थन फिर्ता लेऊ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीमा षड्यन्त्र रहेको टिप्पणी अध्यक्ष प्रचण्डले गरेका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई समर्थन नदिएकाले फिर्ता समेत लिनु नपर्ने प्रचण्डको तर्क रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend