आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीसँग प्रचण्ड नराम्ररी हारे ! अब यस्तो भाषा बोल्न थाले 

केपी ओलीसँग प्रचण्ड नराम्ररी हारे ! अब यस्तो भाषा बोल्न थाले 

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १७ २०७८

  • 53.1K
    SHARES

  • केपी ओलीसँग प्रचण्ड नराम्ररी हारे ! अब यस्तो भाषा बोल्न थाले 

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नराम्ररी हारेका छन् ।

    ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खुब दौडधुप गरेका प्रचण्ड असफल भइसकेको स्पष्ट संकेत देखिएको छ ।

    हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ता दिँदै प्रचण्डले तत्कालै नयाँ सरकार बन्ने सम्भावना कम रहेको बताए । यसको अर्थ अब ओली सरकार नै कायम रहने देखिएको छ ।

    अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने सम्भावना नदेखिएको बताएका हुन् । ‘अहिले मैले चाहेर मात्रै सरकार बन्ने देखिँदैन,’ प्रचण्डले अन्तर्वार्तामा भने ।

    जसपाको पूरै समर्थन विना प्रचण्डको योजनामा सरकार बन्ने देखिँदैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष यतिबेला प्रधानमन्त्री ओलीसँग नजिक रहेको छ । मधेश आन्दोलनका क्रममा लागेका कतिपय मुद्दा ओली सरकारले फिर्ता लिएपछि अब महन्थ ठाकुर पक्ष सरकारसँग झन् नजिक भएको छ ।

    ‘समर्थन फिर्ता लेऊ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीमा षड्यन्त्र रहेको टिप्पणी अध्यक्ष प्रचण्डले गरेका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई समर्थन नदिएकाले फिर्ता समेत लिनु नपर्ने प्रचण्डको तर्क रहेको छ ।

    ओली सरकार ढलाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग एमसीसी पारित गर्ने सहमति भएको भन्ने चर्चाको अध्यक्ष प्रचण्डले खण्डन गरेका छन् । ‘मैले एमसीसीलाई पूर्ण रूपमा कहिल्यै पनि अस्वीकार गरेको छैन र जस्ताको तस्तै स्वीकार पनि गरेको छैन,’ प्रचण्डले भने ।

    सभापति देउवासँग एमसीसीमा भएका कमजोरी सच्याउने प्रतिबद्धता आए संकल्प प्रस्ताव पारित गरेर जान सकिने सहमति भएको प्रचण्डले खुलासा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend