काठमाडौं - प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषदका एक सदस्यलाई कोरोना भाइरस संक्रमण देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण देखिएको हो ।
मन्त्री रायमाझीसँगै उनका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।
उदघाटन र शिलान्यासमा रमाउने प्रधानमन्त्री ओलीकै मन्त्रीलाई कोरोना देखिएपछि बालुवाटारमा हलचल मच्चिएको छ ।
सोमबार साँझ मात्र मन्त्रिपरिषद्को बैठक बसेको थियो । मन्त्री रायमाझी पनि मन्त्रिपरिषद् बैठकमा सहभागी भएको स्रोतले बतायो ।
जसकारण प्रधानमन्त्री ओलीका साथै अन्य मन्त्री पनि असुरक्षित देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।