आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

अरु देशका प्रधानमन्त्री कोरोना संक्रमण न्यूनीकरणमा लाग्छन्, हाम्रा प्रधानमन्त्री संक्रमण बढाउन मद्दत गर्छन्

अरु देशका प्रधानमन्त्री कोरोना संक्रमण न्यूनीकरणमा लाग्छन्, हाम्रा प्रधानमन्त्री संक्रमण बढाउन मद्दत गर्छन्

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 3.6K
    SHARES

  • अरु देशका प्रधानमन्त्री कोरोना संक्रमण न्यूनीकरणमा लाग्छन्, हाम्रा प्रधानमन्त्री संक्रमण बढाउन मद्दत गर्छन्

    काठमाडौं - कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै सरकारले तेस्रोपटक काठमाडौंमा निषेधाज्ञा जारी गरेको छ । अन्य जिल्ला र सहरमा पनि निषेधाज्ञा लागू गर्ने क्रम सुरु भएको छ ।

    काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

    केही समयअघिसम्म नेपालमा कोरोना संक्रमण मृत्युदर शून्यमा झरेको थियो । संक्रमित संख्यामा पनि ५० जनासम्म आइपुगेको थियो ।

    तर जब नेकपा विवाद सडकमा आइपुग्यो अनि भिडभाड देखिन थाल्यो । नेकपा एकता खारेजसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओलीले नै भिडभाड बढाउन थाले । 

    पार्टीका आमसभा र विरोध प्रदर्शन गर्न लगाए । कोरोना महामारीकै बेला ओलीलाई शिलान्यास, उदघाटन मोह जाग्यो । शिलान्यास कार्यक्रममा हजारौं मानिस भेला गर्न लगाए । जसका कारण नियन्त्रणको चरणमा आइपुगेको कोरोना ओलीकै कारण बढेको हो ।

    अरु देशका प्रधानमन्त्री कोरोना महामारी नियन्त्रणमा प्रभावकारी ढंगले लागेका छन् । कसरी नागरिकको जीउधन जोगाउने भनेर हरसम्भव उपाय खोजिरहेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेड्यु त आफैं कोरोना संक्रमणको उपचार गराइरहेका अस्पतालमा विरामी भेट्न गएर सहानुभूति दिइरहेका छन् । 

    तर, हाम्रा प्रधानमन्त्री ओलीले भने उट्पट्याङ गफ दिन अझै छाडेका छैनन् । कहिले बेसार पानीले कोरोना भगाउँ भन्छन् त कहिले अम्बाको पात उमालेर पानी गार्गिल गरेर खायो भने कोरोना सोरोना चट भनेर जोक प्रस्तुत गरिरहेका छन् । 

    प्रधानमन्त्री त उखान चुटकिला दिएर मनोरञ्जन गर्ने भइहाले, उनका मन्त्रीहरू पनि कोहीभन्दा कोही कम देखिएका छैनन् । ओलीलाई नै माथ गर्ने खालका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend