आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओलीलाई धक्का लाग्ने निर्णय गर्दै कांग्रेस, देउवाले बुढानिलकण्ठमा बोलाए आकस्मिक बैठक

ओलीलाई धक्का लाग्ने निर्णय गर्दै कांग्रेस, देउवाले बुढानिलकण्ठमा बोलाए आकस्मिक बैठक

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 5.6K
    SHARES

  • ओलीलाई धक्का लाग्ने निर्णय गर्दै कांग्रेस, देउवाले बुढानिलकण्ठमा बोलाए आकस्मिक बैठक

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन् । देउवाले दिउँसो २ बजे बस्नेगरी आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

    कोरोना भाइरसको महामारी तीव्र बनेकै बेला राजनीतिक अवस्था पनि निकै तरल बनेको छ । संघ र प्रदेश सरकार नै कुन बेला ढल्ने हो निश्चित छैन । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

    वैशाख १३ गतेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने अन्तिम तयारी भइरहेको छ । 
    केन्द्रीय कार्यसमिति बैठकअघि नै पदाधिकारी बैठक बोलाइनुले आज कांग्रेसले महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ । राजनीतिक वृत्तमा आजै प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने चर्चा पनि चलेको छ । त्यसैले कांग्रेसको दुईवटा बैठक बस्न लागेको बताइन्छ ।

    कांग्रेसको आजको बैठकमा १४औं महाधिवेशन तयारी, राष्ट्रिय सभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन, केन्द्र र प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ।

    माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल लाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थान अहिले रिक्त छ । जहाँ, आउँदो जेठ ६ गते निर्वाचन हुने निर्वाचन आयोगले मिति तय गरेको छ ।

    वैशाख १० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा बादललाई नै उम्मेदवार बनाउने भनी पार्टी अध्यक्ष केपी ओलीले घोषणा गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend