आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेबाट चुनाव जितेका यी महिला र पुरुष जनप्रतिनिधिलाई जेल, यस्तो कर्तुत गरेपछि ...

एमालेबाट चुनाव जितेका यी महिला र पुरुष जनप्रतिनिधिलाई जेल, यस्तो कर्तुत गरेपछि ...

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 4.5K
    SHARES

  • एमालेबाट चुनाव जितेका यी महिला र पुरुष जनप्रतिनिधिलाई जेल, यस्तो कर्तुत गरेपछि ...

    काठमाडौं – कम्युनिस्ट पार्टीमा लागेर राजनीति गरिरहेका नेताहरू केही न केही काण्डमा फसेर बदनाम भइहाल्छन् । रामेछाप जिल्लाका २ जना जनप्रतिनिधि बदनाम मात्रै भएनन्, जेल नै जानुपर्ने भएको छ ।

    एमालेबाट निर्वाचित रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र ७ नम्बर वडाका अध्यक्ष सुवास बोहोरा जेल चलान हुने फैसला भएको छ ।

    उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहरालाई काठमाडौं जिल्ला अदालतले कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाल र वडाध्यक्ष पौडेललाई १/१ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

    २०७६ साउन २३ गते काठमाडौंको बौद्धमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासँग गाउँपालिका–७ तिल्पुङका मिलन भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग गरेपछि विवाद बाहिर आएको थियो । पालिकाका अध्यक्ष खड्कासँग चन्दा रकम माग गर्ने मुख्य नाइकेका रूपमा सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडाध्यक्ष सुवास बोहराले लोप्साङ लामा र अमृत तामाङलाई प्रयोग गरेको खुलेको छ ।

    माग गरे अनुसारको चन्दा रकम नदिए पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरुलाई मार्नेसम्मको आपराधिक धम्की दिन लगाउने मुख्य योजनाकारका रुपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहराको प्रत्यक्ष संलग्नता रहेको सबुत प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले कैद र जरिवाना दुबै सजाय हुने गरी फैसला सुनाएको छ । 

    आपराधिक कर्तुतमा मुछिएका दुबै जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् ।

    घटनामा प्रत्यक्ष संलग्न भएका लिखु तामाकोसी गाउँपालिका–७ का मिलन भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला अदालतले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend