सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

बल्खुमा एमालेको अत्याधुनिक कार्यालय भवन उदघाटनपछि ओलीद्वारा प्रचण्ड र माधवमाथि गरे यस्तो प्रहार

बल्खुमा एमालेको अत्याधुनिक कार्यालय भवन उदघाटनपछि ओलीद्वारा प्रचण्ड र माधवमाथि गरे यस्तो प्रहार

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 7.8K
    SHARES

  • बल्खुमा एमालेको अत्याधुनिक कार्यालय भवन उदघाटनपछि ओलीद्वारा प्रचण्ड र माधवमाथि गरे यस्तो प्रहार

    काठमाडौं - प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई माटोमा मिलाइदिने नीति लिएको आरोप लगाएका छन् ।

    बिहीबार बिहान बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै ओलीले नेताहरूको नाम नलिइकन यस्तो बताएका हुन्। ‘केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे ।

    त्यो संगठित हमलाको सिलसिला निकै निर्मम थियो, शासनमा भएका भए के गर्थे होलान् ? नहुँदा त यस्तो छ,’ ओलीले प्रचण्ड र माधवलाई लक्षित गर्दै भने ।

    ओलीलाई धुलोमा मिलाइदिन्छु, टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिए पनि आफूले त्यसलाई विफल तुल्याइदिएको ओलीले बताए । भूकम्पबाट भत्केको पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो ।

    नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर भवन निर्माणका लागि शिलान्यास गरिएको हो। १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमालेले जनाएको छ ।

    नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो । दुई महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण सुरु गरिनेछ । दुई वर्षभित्र भवन निर्माण सकिने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend