आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

मेरियट होटेलबाट फर्केलगत्तै ओलीले किन गरे प्रचण्डलाई फोन ?

मेरियट होटेलबाट फर्केलगत्तै ओलीले किन गरे प्रचण्डलाई फोन ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 5.9K
    SHARES

  • मेरियट होटेलबाट फर्केलगत्तै ओलीले किन गरे प्रचण्डलाई फोन ?

    काठमाडौं -प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबीच चार महिनापछि संवादहीनता तोडिएको छ । एमालेमा देखिएको किचलोले पार्टी नै विभाजन हुने दिशामा अघि बढेपछि ओली र नेपालबीच मेरियट होटेलमा दुई घन्टा वार्ता भएको हो ।

    भेटमा दुवै नेताले आ–आफ्ना गुनासा पोखेका थिए । तर, ओली र नेपालबीचको संवादले पार्टी विभाजन टरेको एमाले नेता कार्यकर्ताले अपेक्षा गरेका छन् । बिहीबार बिहानै एमाले नेता गोकर्ण विष्टले पनि ओली र नेपालबीचको भेट कालो बादलमा चाँदीको घेरा देखिएको टिप्पणी गरेका छन् ।

    तर, मेरियट होटेलबाट बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्नुलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । ओलीले नेता नेपालसँगको भेट सकिएलगत्तै प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।

    नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो तेस्रो फोन हो । पुस ५ गतेयता ओलीले पहिलोपटक प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि मेडिकेयर अस्पतलामा भर्ना गरेका बेला फोन गरेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

    ओलीले केही दिनअघि सर्वदलीय बैठकमा उपस्थित हुन भन्दै प्रचण्डलाई फोन गरेका थिए । दुवै नेताबीच तीन महिनापछि संवादहीनता तोडिएको हो ।

    तर, ओलीले बालुवाटार बोलाए पनि प्रचण्ड गएनन् । तैपनि ओलीले प्रचण्डलाई आफैंले पटकपटक फोन गर्नुले ओली पहिले भन्दा निकै नरम भएको टिप्पणी गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend