काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका जनता समाजवादी पार्टी (जसपा) सांसदहरू सरकारमा सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धनमा सहभागी भएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदहरू नै सरकारमा जाने भएपछि लुम्बिनीमा उथलपुथल मच्चिएको छ ।
मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा ४ जना मन्त्रीले आज सोमबारै शपथ लिने भएका छन् ।
जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागेको मुख्मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताएका छन् । जसपाका सांसदहरूले केही घण्टाअघि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य २ मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी मुख्यमन्त्री पोखरेलले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।