आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

कांग्रेसको यस्तो भित्री तयारीपछि डराए ओली, हतारमा गरे राष्ट्रपतिलाई सिफारिस

कांग्रेसको यस्तो भित्री तयारीपछि डराए ओली, हतारमा गरे राष्ट्रपतिलाई सिफारिस

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 35.8K
    SHARES

  • कांग्रेसको यस्तो भित्री तयारीपछि डराए ओली, हतारमा गरे राष्ट्रपतिलाई सिफारिस
    फाइल तस्वीर

    काठमाडौं - सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हतारमा संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले पनि हिृउँदे अधिवेशन अन्त्य गरिएको दलील पेस गरिए पनि भित्री कथा भने अर्कै रहेको स्रोतले बताएको छ ।

    सम्भवतः आजै कांग्रेस र माओवादी केन्द्र मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो । जसको सुइँको बालुवाटारले आइतबार राति नै प्राप्त गरेको थियो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म कांग्रेसले नयाँ सरकार गठनको अग्रसरता नलिने सार्वजनिक रुपमै बताएका थिए ।

    त्यसपछि चितवनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई अन्तिम धक्का दिन आफू काठमाडौं जाँदै गरेको र भोलि (सोमबार) नै एउटा ठोस निर्णय आउने बताएका थिए ।

    यो कुराले प्रधानमन्त्री ओलीमा छटपटी बढ्यो । कर्णाली प्रदेशमा एमालेलाई राम्रै धक्का दिएकाले ओलीलाई निद्रा लागेको थिएन । अझ सोमबार नै माओवादीले समर्थन फिर्ता लिने सुइँको पाएपछि उनले बिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक राखे ।

    बैठकले सुरुमा संसद्को चालू अधिवेशन अन्त्य र सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गराउने निर्णय गर्न पुग्यो । साथै, जसपालाई आफूसँग इन्ट्याक्ट राख्न मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको यो निर्णयपछि ओलीको कुर्सी अब एक महिनासम्म लम्बिने देखिएको छ । जेठ १५ गते बजेट सार्वजनिक गर्नैपर्ने हुन्छ । त्यसअघि बजेट अधिवेशन जेठ पहिलो साता बोलाइने निश्चित छ । हतार हतारमा बजेट ल्याएर लोकप्रिय र जस पाउने कार्यक्रम ल्याउने ओलीको तयारी छ ।

    यसपटक कांग्रेस पनि ओलीलाई फाल्ने निर्णयमा पुगेकाले पनि संसदको चालू अधिवेशन अन्त्य गरिएको कुरा छिपेको छैन । माओवादी केन्द्रका नेता देव गुरुङले समेत माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीअनुरुप स्थायी कमिटी बैठक बोलाएको बताइसकेका छन् । माओवादीको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend