आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

माओवादीको समर्थनमा बहुमत रहेको ओली सरकारसँग कांग्रेसले निहुँ खोज्दैन : सभापति देउवा

माओवादीको समर्थनमा बहुमत रहेको ओली सरकारसँग कांग्रेसले निहुँ खोज्दैन : सभापति देउवा

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 4.7K
    SHARES

  • माओवादीको समर्थनमा बहुमत रहेको ओली सरकारसँग कांग्रेसले निहुँ खोज्दैन : सभापति देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा पुग्न आफू लालायित नरहेको बताएका छन् ।

    बुढानिलकण्ठमा आज आईतवार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नरहेको बताएका छन् ।

    नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा आफू पछि नहट्ने समेत देउवाले बताएका छन् ।

    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण केपी ओली नेतृत्वको सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग कांग्रेसले निहुँ नखोज्ने समेत सभापति देउवाले बताएका छन् ।

    ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिनुभएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ सभापति देउवाले भने, ‘हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’

    सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्नसक्ने अवस्था समेत नरहेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने देउवाले विश्वास व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend