शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

केपी ओलीको यस्तो ‘अफर’ प्रचण्डले गरे ठाडै अस्वीकार, बालुवाटारमा सन्नाटा !

केपी ओलीको यस्तो ‘अफर’ प्रचण्डले गरे ठाडै अस्वीकार, बालुवाटारमा सन्नाटा !

  • मिडिया डबली
  • शनिवार, बैशाख ४ २०७८

  • 13.4K
    SHARES

  • केपी ओलीको यस्तो ‘अफर’ प्रचण्डले गरे ठाडै अस्वीकार, बालुवाटारमा सन्नाटा !

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् ।

    प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रवार प्रचण्डलाई फोन गरेका थिए ।

    प्रचण्डले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जवाफ दिएर आफू बालुवाटार नआउने स्पष्ट पारेका छन् ।

    यसपालि प्रधानमन्त्री ओलीले प्रचण्डलाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाटस्थल र समय नमिलेको भन्दै प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।

    ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नुभएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जवाफ फर्काएको छु,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो ।  

    प्रधानमन्त्री ओलीले शनिवारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि प्रचण्डको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार शनिवार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताएका छन् ।

    प्रचण्डसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । प्रचण्डले शुक्रवार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए । ‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो । बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन,’ प्रचण्डको सचिवालयले साँझ जानकारी दियो ।

    पुस ५ गतेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटघाट भएको छैन । उनीहरू एकअर्काबीच सार्वजनिक रूपमै गालीगलौजमा उत्रिएका थिए ।  

    संसद विघटनपछि ओली र प्रचण्ड २ ध्रुवमा बाँडिएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाई तत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर प्रचण्ड आफैं संसदीय दलको नेता बनेका थिए । तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली र प्रचण्ड पुरानै घरमा फर्किनुपरेको थियो ।

    अहिले मुलुक कोरोना संक्रमणको जोखिममा रहेका बेला राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न भने पनि राजनीतिक दलका कार्यक्रम रोकिएका छैनन् । सरकार परिवर्तनको कसरत भइरहेको छ भने एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

    नयाँ सत्ता समीकरणका बारेमा कांगेस–माओवादीबीच कुराकानी अघि बढेका बेलामा ओलीले प्रचण्ड र देउवासँग कुराकानी गर्न चाहेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लैजान केही दिनअघि चुनौती दिएका प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको बहानामा नेताहरूसँग विशेष कुराकानी गर्न खोजेको स्रोतको दाबी रहेको छ ।  

    कर्णाली प्रदेशमा माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई एमालेकै सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका छन् । केन्द्रमा पनि यस्तै अवस्था आउन सक्ने डरले ओली प्रचण्डसँग नजिकिन खोजेका छन् । ‘सर्वदलीय बैठक बस्नुअघि ओलीले प्रचण्ड र देउवासँग अलग–अलग छलफल गरेर अघि बढ्न खोजेको देखिन्छ,’ बालुवाटार निकट स्रोतले भन्यो ।

    ओली एमालेभित्र माधव नेपाललाई कारबाही गरेर प्रचण्डसँग नजिक हुने खोजिरहेको स्रोतको दाबी छ । ‘अहिले माधव नेपाल पक्षलाई पार्टीभित्रको गेट बन्द गरेर माओवादीका नेताहरुसँग पनि बेग्लाबेग्लै कुराकानी गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘नेपाल पक्षका नेतासँग पनि संवाद चलिरहेको छ तर प्रगति भने हुन सकेको छैन ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend