काठमाडौँ- लोकप्रिय गायक तथा सर्जक रामजी खांण र गायिका रचना रिमालको आबाजमा लोकदोहोरी गीत 'मन परेको जुत्ता...' रिलिज भएको छ । दल जितको शब्द तथा संगीत रहेको गीतको भिडिओ बुधबार सामना म्युजिक क्रियसन नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
केशब बडूको संगीत संयोजनमा तयार पारिएको गीतको भिडिओ सामना म्युजिक क्रियसनको ब्यानरमा तयार पारिएको छ । गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
निर्देशक शंकर बिसीको निर्देशन तथा अभिनयमा तयार पारिएको भिडिओमा मोडल प्रसंसा परि, सचिन परियार र बर्षाको दमदार नृत्य देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायाँकनमा रहेको भिडिओको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।