काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सर्वदलीय बैठकमा निम्तो दिनका लागि प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीको फोन आएको भन्दै ललितपुरमा भवन उद्घाटन कार्यक्रम छाडेर हिँडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकाले आउनका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भोलि शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।
बैठककै सन्दर्भमा अध्यक्ष प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरूसँग प्रधानमन्त्री ओलीको कुराकानी भएको थापाले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।