आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

रअ प्रमुखसँग केपी ओलीको सम्झौता भएको हो ? सल्लाहकारको यस्तो जवाफ

रअ प्रमुखसँग केपी ओलीको सम्झौता भएको हो ? सल्लाहकारको यस्तो जवाफ

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 6.3K
    SHARES

  • रअ प्रमुखसँग केपी ओलीको सम्झौता भएको हो ? सल्लाहकारको यस्तो जवाफ

    काठमाडौं – भारतीय गुप्तभर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित सम्झौता गरेको समाचार प्रकाशित भएपछि विदेश मामिला सल्लाहकार राजन भट्टराईले जवाफ दिएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै सल्लाहकार भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरिएको दाबी गरेका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ । विदेश मामिला जस्तो संवेदनशील विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’

    रअ प्रमुख गोयल बालुवाटारमा आएका बेला ओलीसँग ४ बुँदे सहमति गरेको भन्दै हस्ताक्षरसहितको लिखित कागजात देखाएर केही अनलाइन सञ्चारमाध्यममा प्रचारप्रसार भइरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend