आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

एकैपल्ट केपी ओलीका यी २ मुख्यमन्त्रीको पद जाँदै, यसरी हुँदैछ नयाँ सहमति

एकैपल्ट केपी ओलीका यी २ मुख्यमन्त्रीको पद जाँदै, यसरी हुँदैछ नयाँ सहमति

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 5.8K
    SHARES

  • एकैपल्ट केपी ओलीका यी २ मुख्यमन्त्रीको पद जाँदै, यसरी हुँदैछ नयाँ सहमति

    काठमाडौं - सत्तारुढ एमालेको सरकारविरुद्ध विपक्षी तीन पार्टी एक भएर अघि बढ्ने संकेत देखिएको छ ।

    यदि कुनै चमत्कार नभएमा एक दुई दिनभित्रै गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र उनीहरूलाई हटाएर नयाँ सरकार गठन हुने भएको छ ।

    लुम्बिनी र गण्डकी प्रदेशमा सरकारको नेतृत्वबारे नेपाली कांग्रेस र माओवादी केन्द्रबीच करिब करिब सहमति भइसकेको छ । यदि गण्डकी र लुम्बिनीमा एमालेइतरको सरकार बने केन्द्रमा केपी ओली नेतृत्वको सरकार पनि परिवर्तन हुने विश्लेषण गर्न थालिएको छ । 

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ। सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार वा शुक्रबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।

    कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले सांसदलाई बोलाइएको बताए। बिहीबार वा शुक्रबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी छलफल चलाइएको उनको भनाइ छ ।

    प्रदेश सभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ। ६० सदस्यीय प्रदेशसभामा तीनजना राजमोका छन्। गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङले अहिलेकै सरकारलाई समर्थन गरिरहेका छन्।

    यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ ।  भोलि शुक्रबारसम्म अविश्वास प्रस्ताव ल्याउने तयारी छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल निकै तीव्र भएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेससँग केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ ।
    कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको स्रोत बताउँछ ।

    लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१ सांसद छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend