आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

गएराति सभापति देउवा र प्रचण्डबीच गोप्य स्थानमा भेटवार्ता, के पाक्दैछ खिचडी ?

गएराति सभापति देउवा र प्रचण्डबीच गोप्य स्थानमा भेटवार्ता, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • बुधवार, बैशाख १ २०७८

  • 3.9K
    SHARES

  • गएराति सभापति देउवा र प्रचण्डबीच गोप्य स्थानमा भेटवार्ता, के पाक्दैछ खिचडी ?

    काठमाडौं – राजनीतिक दलबीच नयाँ सत्ता समीकरणका लागि छलफल चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गएराति गोप्य स्थानमा भेटवार्ता भएको छ ।

    महाराजगञ्जस्थित सभापति देउवाको ससुराली प्रमोद राणाको निवासमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । अधिकांश भेटवार्ता आफ्नै निवासमा गर्दै आएका सभापति देउवा पछिल्लो भेटलाई गोप्य राख्न ससुराली पुगेका जनाइएको छ ।

    सभापति देउवासँग मंगलवार अपराह्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समेत निवासमै भेटवार्ता गरेका थिए । सभापति शेरबहादुर देउवा निवासबाट साढे ५ बजे डा. बाबुराम र उपेन्द्र बाहिरिएपछि देउवा र प्रचण्डबीच राति ९ बजे भेटवार्ता भएको हो ।

    जसपा अध्यक्ष उपेन्द्र र डा. बाबुरामले प्रधानमन्त्री ओलीको विकल्प दिन आफूहरू तयार रहेको बताएपछि देउवा प्रचण्डलाई भेट्न पुगेका स्रोतको दाबी छ । कांग्रेसले सरकार नबनाउने भए आफूलाई समर्थन गर्न बाबुराम र उपेन्द्रले देउवालाई आग्रह गरेका थिए । तर जसपा एकमत नभएको अवस्थामा सरकार बन्न सक्नेमा देउवा ढुक्क देखिएका थिएनन् । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो माग पूरा गर्ने शर्तमा प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने पक्षमा छन् ।

    स्रोतका अनुसार सभापति देउवाले डा. बाबुरामलाई सोधेका थिए, ‘तपाईको पार्टीभित्र एकमत छैन । तपाईहरू एक भएर नआएसम्म कसरी सरकार बन्छ ? संख्या पुग्छ ?’

    जवाफमा डा. बाबुरामले भने, ‘त्यसको चिन्ता नगर्नुस् ।’ बाबुरामको जवाफपछि देउवा सक्रिय हुँदै प्रचण्डलाई भेट्न पुगेका स्रोतले जनाएको छ । कांग्रेसभित्र सभापति देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको छ ।

    सभापति देउवासँगको भेटपछि डा. बाबुरामले ट्विटरमा लेखेका छन्, ‘नयाँ वर्ष २०७८ ले कोभिड १९ र आधुनिक भष्मासुरबाट सबैलाई मुक्ति देओस् ।’

    गत शुक्रवार देउवाले नेपाली कांग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक गरेका थिए । बैठकमा देउवाले कांग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु औपचारिक प्रस्ताव राखेका थिए । सभापति देउवाको प्रस्तावको माओवादी केन्द्रले स्वागत गरेको छ भने जसपाले निर्णय दिन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend