काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले काँध थापेका कारण प्रदेशसभा सदस्य निर्वाचनमा मनाङ जिल्लाबाट निर्वाचित भएका दीपक मनाङ्गे अब गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न तम्सिएका छन् ।
गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल चलिरहेका बेला सांसद मनाङ्गेले मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् । अन्य राजनीतिक दलबाट सरकार सञ्चालन राम्रो नभएको आरोप लगाउँदै सांसद मनाङ्गेले आफैं मुख्यमन्त्री बन्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेताहरूले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा मोर्चा बनाउन सहयोगको प्रस्ताव गरेपछि सांसद मनाङ्गेले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।
एमालेको समर्थनमा स्वतन्त्र सांसद जितेका मनाङ्गेले भने, ‘अब अरु पार्टीबाट प्रदेश सरकार चल्ने देखिएन । म आफैं योग्य दाबेदार हुँ, मसँग प्रदेशलाई विकास गर्ने १० योजना छन् ।’
राजनीतिमा आउनुअघि मनाङ्गे विभिन्न विवादमा फस्ने गरेका थिए । मनाङ्गेविरुद्ध प्रहरीले थुप्रै मुद्दा समेत चलाएको थियो । सांसद भएपछि मनाङ्गेको विवादित छविमा सुधार आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।