काठमाडौं – नयाँ सत्ता समीकरण निर्माणको कसरत चलिरहेका बेला प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सुटुक्क देउवानिवास पुगेका छन् ।
जसपाका आधिकारिक बैठकमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समेत सहभागी हुने गरेपनि अध्यक्षद्वय भट्टराई र यादव सुटुक्क देउवानिवास पुगेका हुन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवासमा जारी भेटवार्तामा सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रम लगायतबारे छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पछिल्लो समय छलफल चलिरहेको छ । तर जसपाले सरकारबारे धारणा स्पष्ट नपार्दा नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध भएको छ ।
जसपाभित्र ओली नेतृत्वको सरकारमा सहभागी हुने वा एमालेइतरको सरकार बनाउनेबारे विवाद रहेको छ । भट्टराई र यादवले ओलीलाई हटाउनेमा जोड दिइरहेका छन् भने ठाकुर र महतोले माग पूरा गर्ने शर्तमा ओलीलाई नै सघाउनुपर्नेमा जोड दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।