आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

केपी ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 6.0K
    SHARES

  • केपी ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको समर्थन नचाहिने भन्दै फिर्ता लैजान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

    नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाएर देखाउन समेत चुनौती दिए ।

    ‘राजीनामा देऊ राजीनामा देऊ । हटाऊ न, हटाऊ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाऊ । केही पनि गर्न नसक्ने राजीनामा देऊ राजीनामा देऊ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ, लैजाऊ । चाहिएको छैन तिम्रो समर्थन । लैजाऊ,’ ओलीले भने ।

    नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–खनाल पक्षबाट पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए । ओलीले आफूविरुद्ध सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् ।

    पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने ठेगान लगाउने चेतावनी उनले दिए । ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनीले तबसम्म चुप हुन्छ, जबसम्म डमरुमाथि खतरा हँुदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु,’ ओलीले भने, ‘तपाईंहरूलाई मात्रै निष्कासन गर्न होइन, हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।’

    प्रधानमन्त्री ओलीले आफैं सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य समेत गरे । ‘कांग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाँडेको बाँड्यै छ त ! माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ ? अब सांसद १ जना पनि बनाउन सक्नुहुन्न । आफैं बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ?’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend