काठमाडौं – काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका–७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ ।
मस्तिष्कघात भएका मालीलाई उपचारका लागि बयोधा अस्पतालमा लगिएपनि निधन भएको हो ।
वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले जानकारी दिइन् । ‘अहिले नगरपालिका भवनअगाडि शोकसभा भइरहेको छ,’ खड्काले बताइन् ।
मालीको शव श्रद्धाञ्जलिका लागि कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको जनाइएको छ ।
माली गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।