आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केही दिनमै पासा पल्टिने प्रचण्डको खुलासा

केही दिनमै पासा पल्टिने प्रचण्डको खुलासा

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 4.8K
    SHARES

  • केही दिनमै पासा पल्टिने प्रचण्डको खुलासा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन जोडबल गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) को साथ पाइरहेका छैनन् ।

    जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सकिने स्पष्ट निर्णय लिइसकेको छैन । तर अध्यक्ष प्रचण्ड भने केही दिनभित्रै पासा पल्टिनेमा आशावादी रहेका छन् ।

    गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई केही दिनमै हटाउने दाबी गरे । 
    उनले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने बताए । ‘केपी ओलीलाई हामीले ३ पटक प्रधानमन्त्रीबाट हटायौं । चौथो पटकको कोसिस के हुन्छ भन्नेबारे केही दिनमै थाहा हुन्छ,’ प्रचण्डले भने ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा लाज पचाएर ओली पदमा बसिरहेको प्रचण्डले गुनासो गरे । संसद विघटनजस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको समेत उनले बताएका छन् ।

    दलहरूबीच सहमति भयो भने कांग्रेसको नेतृत्वमा सरकार बन्नसक्ने प्रचण्डले बताएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend