आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठकमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल गयल !

कांग्रेस पदाधिकारी बैठकमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल गयल !

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 7.0K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठकमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल गयल !

    काठमाडौं – नेपाली कांग्रेस पदाधिकारी बैठक आईतबार पार्टी कार्यालय सानेपामा सुरू भएको छ ।

    बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गयल भएका छन् । 

    देउवा कार्यव्यस्तता र पौडेल कार्यक्रमको सिलसिलामा तनहुँमा भएका कारण बैठकमा उपस्थित हुन नसकेका स्रोतले जनाएको छ ।

    महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

    बैठकमा उपसभापतिहरू बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव सहभागी छन् ।

    पूर्व पदाधिकारीहरूमा पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, रामशरण महत, अर्जुननरसिंह केसी बैठकमा सहभागी रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend