आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओली काका–भतिजा मिलेर सुकुम्बासीमाथि गरे यत्रो अत्याचार, कहाँ छ सरकार ?

केपी ओली काका–भतिजा मिलेर सुकुम्बासीमाथि गरे यत्रो अत्याचार, कहाँ छ सरकार ?

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 7.4K
    SHARES

  • केपी ओली काका–भतिजा मिलेर सुकुम्बासीमाथि गरे यत्रो अत्याचार, कहाँ छ सरकार ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका–७ स्थित सुकुम्बासी बस्ती पञ्चमुखी टोलमा नगरपालिकाको डोजरले घरटहरा भत्काएर सुकुम्बासीमाथि अत्याचार भएको छ ।

    सुकुम्बासीलाई सरकारले गाँस, बाँस, कपासको व्यवस्था मिलाउनुपर्ने भएपनि बसिरहेकै ठाउँमा उठीबास बनाइएको छ ।

    सुकुम्बासी बस्तीकी धनमाया विश्वकर्माले शुक्रबार नगरपालिकाले घरटहरा भत्काएपछि बेघर हुनुपरेको गुनासो गरिन् । सुकुम्बासी बस्तीमा घर बनाएर बसेको २० वर्षपछि स्थानीयहरू सडकमा पुगेका छन् ।

    ‘भएको सबै सामान लगिदियो । त्यसैले त आकाशलाई छानो बनाएर सुतेको छु । म्याट ओछ्याएर निदाउने कोसिस गर्दैछु,’ शनिबार राति धनमायाले भनिन्, ‘पकाएर खान भाँडाकुँडा लगिदियो । छिमेकीले २ छाक त ल्याएर खुवाए । अब के खाने होला ?’ 

    गत वर्ष पतिको निधनपछि परिवारको जिम्मेवारी काँधमा बोकेकी धनमाया मुटुरोगी हुन् । केही समयअघि शल्यक्रिया गरेकी धनमायाले आराम गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन् । तर कहाँ कसरी आराम गर्ने ?

    धनमायाको घरमा रहेका दराज, खाट सबै नगरपालिकाले फालिदिएको छ । ‘विधुवा भत्ता पाएको ८ हजार रुपैयाँ राखेको बाकस पनि पुलिसले लगेर गए,’ धनमायाले भनिन् ।

    नगरपालिकाले शनिबार पञ्चमुखी टोलका ७ घर भत्काएर घरभित्र भएका सबै सामान लगेको सुकुम्बासी बलबहादुर विश्वकर्माले गुनासो पोखे ।

    सुकुम्बासीलाई उठीबास लगाएर दमक नगरपालिकाले शपिङ कम्प्लेक्स बनाउने तयारी गरेको छ । हाटखोलामा ४० करोडको ७ तले शपिङ कम्प्लेक्स बनाउने डीपीआर तयार भएको छ । पञ्चमुखी टोलमा पनि शपिङ कम्प्लेक्स नै बनाउने निश्चित भएको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले बताएका छन् ।

    दमक नगर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो । नगरका मेयर साइनोले प्रधानमन्त्रीका भतिजा पर्छन् । मेयर ओलीले केही निर्णय गर्नुपर्दा प्रधानमन्त्री ओलीसँग परामर्श गर्ने गर्छन् । प्रधानमन्त्री ओलीले फागुन १६ गते सुकुम्बासीका लागि सरकारले काम गरेको दाबी गरेका थिए । घर नभएका सुकुम्बासीलाई घर दिएर सरकारले घरविहीन हुन नदिएको दाबी गरेका थिए । तर ओलीकै गृहनगरका सुकुम्बासीको भएको घर पनि भत्काएर नगरपालिकाले प्रधानमन्त्री ओलीको उद्घोषको धज्जी उडाएको छ । ओलीको बोली एकातिर र व्यवहार अर्कैतिर भएको पुष्टि भएको छ ।

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘छाप्रोमा डोजर चलाउनुभन्दा पहिले जनतालाई घर बनाइदेऊ । यो देश गरीबहरूको पनि हो भन्ने उदाहरण बन ! केही त गर ‘जनतालाई’ किन डराइरहेका छन् तिमीसँग ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend