काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त भएका मन्त्रीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका प्रवक्ता रुपनारायण भट्टराईले बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभू साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरी नियुक्त भएका हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित चारै सांसदहरु पार्टी छाडेर नेकपा एमालेतिर लागेपछि पार्टीले कारवाही गरेको थियो । पार्टी परित्यागपछि सांसद र मन्त्री दुबै पद गुमाएका चारै जनालाई प्रधानमन्त्रीले सांसद नहुँदा समेत मन्त्री हुन पाइने संवैधानिक व्यवस्था अनुसार नवनियुक्त गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।