काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा आयोजित एक कार्यक्रममा बिहीवार सरकार परिवर्तन गर्नेबारे टुंगोमा पुग्नै लागेको खुलासा गरेकै दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्सनमा उत्रिएका छन् ।
सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि ३ दलको बैठक बोलाएका छन् । शुक्रवार दिउँसो उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूको बैठक बोलाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै देउवाले बैठक बोलाएका छन् ।
यसअघि बिहीबारै प्रचण्डले सुर्खेतमा भनेका थिए, ‘सबै कुरा राख्न त भ्याउँदिनँ, अहिले नै नेपालगञ्ज हुँदै काठमाडौं फर्किनुपर्ने छ । भरे काठमाडौंमा महत्त्वपूर्ण मिटिङ छ । तपाईंहरुलाई थाहा छ सरकार परिवर्तनको छलफल चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्याउनुपर्ने छ । खतराको घण्टी बजिरहेकै छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्ने काम प्रधानमन्त्रीज्यूबाट भयो । अझै पनि प्रतिक्रान्तिका खतरा कायम छन् । मैले सोचें । यो क्रान्तिलाई बालुवाटारमा बालुवा पेलेर बचाउन सकिएन । मैले एउटा संकल्प गरें र देशकै एउटा विशिष्ट कर्णाली प्रदेशमा आएको छु । काठमाडौंको घेराबन्दीलाई चिर्ने ताकत चाहिँ श्रमजीवी जनताबाहेक कसैमा छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।