काठमाडौं - माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने चार मन्त्रीको सांसद पद खोस्ने तयारी गरेको छ ।
त्यसका लागि माओवादीले आफ्नो दलको तर्फबाट मन्त्री बनेर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र सहरी विकासमन्त्री प्रभु साहको सांसद पद खोस्ने तयारी गरेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रले एक दुई दिनभित्रै उनीहरूलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बसेर दलबदल गरेका ६ जनामध्ये चारजनाको सांसद पद नरहने गरी कारबाही गरिँदै छ । खानेपानी मन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङ भने सांसद छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।