आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

जसपाले हठ गरे अर्ली इलेक्सनमा जान कांग्रेसमा दबाब, यी नेतालाई आपत

जसपाले हठ गरे अर्ली इलेक्सनमा जान कांग्रेसमा दबाब, यी नेतालाई आपत

  • मिडिया डबली
  • सोमवार, चैत्र २३ २०७७

  • 14.0K
    SHARES

  • जसपाले हठ गरे अर्ली इलेक्सनमा जान कांग्रेसमा दबाब, यी नेतालाई आपत

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीको विकल्प दिन अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुबीच अनौपचारिक भेटघाट र वार्ता तीव्र भइरहेको छ ।

    कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद पौडेललगायतका नेता नयाँ सरकार गठनका लागि सक्रिय भएका छन् । माओवादी केन्द्रले आजका दिनसम्म पनि ओलीलाई दिएको समर्थन फिर्ता नलिएकाले पनि कांग्रेसले खुलेर नयाँ सरकारबारे छलफल गर्न सकेको छैन ।

    यद्यपि शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठन आफ्नै नेतृत्वमा गर्ने निर्णय गरेको थियो । तर, कांग्रेसको सो निर्णय आएपछि जसपा अध्यक्ष महन्थ ठाकुर भड्केका छन् ।

    प्रधानमन्त्री ओलीसँग निकट रहेका महन्थ कांग्रेस र माओवादी केन्द्रलाई घुर्की लगाएरै प्रधानमन्त्री बन्न पाइन्छ कि भन्ने ध्याउन्नमा लागेका छन् । जसको संकेत उनले आइतबार आफूलाई भेट्न आएका कांग्रेस वरिष्ठ नेता पौडेललाई गरेका थिए ।

    उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न नसक्ने जनाउ दिनुको मतलव पाए आफै प्रधानमन्त्री बन्ने नभए ओलीकै नेतृत्वमा सरकारमा जाने संकेत देखिएपछि कांग्रेसमा नयाँ सरकार बनाउने विषयमा समीक्षा गर्नुपर्ने आवाज उठेको छ ।

    कांग्रेसका अधिकांश युवा नेता जसपाका नेता ठाकुरलाई प्रधानमन्त्री स्वीकार्नुभन्दा बरु अर्ली इलेक्सनमा जान उत्तम रहेको भन्दै नेताहरूसँग छलफल गर्न थालेका छन् ।

    कांग्रेस सभापति देउवा पनि कमजोर सरकार बनाउनुभन्दा चुनावमै गएर ठूलो दल बनेर बलियो सरकार चलाउन सहज हुने मनस्थितिमा पुगेका छन् । हिजोका दिनमा कांग्रेस सरकारमा जान उचित हुने भन्दा देउवालाई धेरैले आलोचना गरेका थिए ।

    तर, अहिले देउवा चुनावमा जानुपर्ने पक्षमा देखिएपछि हिजो सरकारमा जान हुन्न भन्ने कांग्रेस नेताहरू अहिले सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । यही मौकाको फाइदा प्रधानमन्त्री केपी ओलीले उठाइरहेका छन् । त्यसैले वैधानिकता सकिए पनि उनी कुर्सी छाड्न तयार देखिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend