आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओली किन आफूलाई गलहत्याएर निकालिए हुन्थ्यो भन्ने चाहन्छन् ? यस्तो भित्री खेल

ओली किन आफूलाई गलहत्याएर निकालिए हुन्थ्यो भन्ने चाहन्छन् ? यस्तो भित्री खेल

  • मिडिया डबली
  • आइतवार, चैत्र २२ २०७७

  • 10.8K
    SHARES

  • ओली किन आफूलाई गलहत्याएर निकालिए हुन्थ्यो भन्ने चाहन्छन् ? यस्तो भित्री खेल

    काठमाडौं - माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन । जसकारण राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्री ओलीलाई बहुमत सिद्ध गर्न संसदमा विश्वासको मत लिन भनेकी छैनन् । 

    सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी केन्द्र अलग अलग क्रियाशील छन् । सत्तारुढ दल विभाजन भएमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

    नेकपा नाम ऋषिराम कट्टेललाई दिइएपछि हिजो सत्तारुढ दल भिन्न ढंगले सञ्चालन भइरहेका छन् । एमाले र माओवादी अलग अलग मात्र होइन, स्वयं एमाले पनि विभाजितको दिशामा अघि बढेकाले भोलि चैत २३ गतेसम्ममा ओलीले विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था रहेको कानुन व्यवसायीहरू बताउँछन् । नत्र यो सरकारको वैधतामाथि प्रश्न उठ्ने छ ।

    एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली भने कुनै पनि हालतमा विश्वासको मत लिने मनस्थितिमा छैनन् । आफूलाई गलहत्याएर कुर्सीबाट हटाइदिए त्यसैलाई एजेन्डा बनाएर चुनावमा जाने रणनीतिमा ओली रहेको बुझिएको छ ।

    ओलीले आगामी निर्वाचनमा जाने अहिलेसम्म कुनै एजेन्डा पाएका छैनन् । हिजो दुई तिहाइ बहुमत दिनुस् स्थिर सरकार दिन्छु भनेर भोट मागेर त्यत्रो बहुमत ल्याउँदा पनि तीन वर्षसम्म केही गर्न नसकेपछि ओलीलाई जनतासामु जान अप्ठेरो देखिएको छ । सोही कारण पनि उनले हिजो शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले पदबाट राजीनामा दिने धम्की दिएका थिए । 

    प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिन भन्दा पनि माओवादी केन्द्र भने लाज पचाएर अझै सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा छैन । तर, माओवादी केन्द्रले नै कांग्रेसकै कारण ओलीको सत्ताको आयु लम्बिएको प्रचार गर्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend