आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने महामन्त्री कोइरालाको खुलासा

सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने महामन्त्री कोइरालाको खुलासा

  • मिडिया डबली
  • शनिवार, चैत्र २१ २०७७

  • 6.8K
    SHARES

  • सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने महामन्त्री कोइरालाको खुलासा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि कांग्रेस तयार रहेको बताएका छन् ।

    उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर संघ १ नम्बर प्रदेशको भेलामा उनले भने, ‘नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक संकटसँगै सरकार पनि संकटमा परेको छ ।’

    महामन्त्री डा. कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई संकटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे । ‘५ वर्षका लागि कम्युनिस्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्‍याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ । तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ,’ उनले भने । 

    महामन्त्री डा. कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकास दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend