काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रशंसा गरेका छन् ।
शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि डा. भट्टराई खुसी भएका हुन् ।
डा. भट्टराईले लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।
डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवश्यकता/प्राथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है ।’
कांग्रेसको निर्णयले खुसी भएपनि डा. भट्टराईकै पार्टी जसपाले यकिन निर्णय लिन नसक्दा ओली सरकारको आयु लम्बिँदै गएको छ । जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारकै निरन्तरताका पक्षमा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।